 
																			२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको पहिलो विधान अधिवेशनमा आएका सुझावलाई समेटेर विधानलाई अन्तिम रूप दिएको छ ।
शुक्रबार बसेको पार्टीको स्थायी समिति बैठकले विधानलाई अन्तिम रूप दिएको पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
‘अधिवेशनमा उठेका सुझावहरूलाई समेटेर विधानलाई अन्तिम रूप दिने काम भएको छ’, प्रवक्ता सापकोटाले भने, ‘सामान्यतः सम्पादन गरिएको छ । प्रस्तावनामा समाजवादन्मोख भनेर राखेका छौँ । साथै, निर्वाचन प्रणालीका विषयमा कमिटी प्रत्यक्ष चुनावबाट र निर्वाचित कमिटीबाट पदाधिकारी चयन गर्ने भनेर राखेका छौँ ।’
सापकोटाले बैठकमा थप एजेन्डामा प्रधानमन्त्रीको व्यस्तताका कारण छलफल नभएको र अर्को बैठकमा बाँकी विषयमाथि छलफल हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4