+
+

संसद् अवरोध गर्नु प्रजातान्त्रिक अभ्यास होइनः कानुनविद् सुवेदी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३ गते १५:५०
पुस्तक विमोचन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कानुनविद् सूर्य सुवेदी । तस्वीरः रासस

३ चैत, काठमाडौं । कानुनविद् सूर्य सुवेदीले संसद् अवरोध गर्नु प्रजातान्त्रिक अभ्यास नभएको बताएका छन् ।

शनिबार ‘प्रा.सूर्य सुवेदीः महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै सुवेदीले संसद्को जननी मानिएको बेलायतको संसद् कहिल्यै अवरुद्ध नहुने दृष्टान्त पेश गरे ।

संसद्‌मा जति पनि कुरा राख्न पाइने हुनाले अवरोध गर्नु आवश्यक नभएको सुवेदीको भनाइ छ । उनले भने, ‘संसद्‌मा पर्याप्त बोल्न पाइन्छ । सरकारको आलोचना गर्न पाइन्छ । विमति राख्न पाइन्छ भने अवरोध गर्नुको औचित्य के ?’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुक्रबार संसद् बैठक अवरुद्ध गरेको थियो । कानुनविद् सुवेदीले नेपालका राजनीतिक दलहरूले संसद् अवरोध गर्ने कुरालाई प्रजातान्त्रिक अभ्यास भन्ने गरे पनि त्यो सही नभएको बताए । सुवेदीले भने, ‘नेपाल जस्तो देशमा त झन् संसद् अवरुद्ध हुनै हुँदैन । धेरै कानुन बन्नुपर्नेछ । जनताका समस्या समाधान गर्नुपर्ने छ ।’

सुवेदीले नेपालको संविधान संसदीय व्यवस्थाका लागि मुलभूत रूपमा ठीक भएको उल्लेख गर्दै समयसापेक्ष संशोधन गर्दै लैजानुपर्ने धारणा पनि राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?