+
+

४ सय रुपैयाँले घट्यो सुन, चाँदीको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते ११:३१

४ चैत, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख २५ हजार ४ सयमा रहेको सुन १ लाख २५ हजार रुपैयाँमा झरेको छ । यसअघि सुनको मूल्यले फागुन २९ गते १ लाख २६ हजार रुपैयाँको उच्च रेकर्ड बनाएको थियो ।

त्यसयता सो मूल्यभन्दा तल रहँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य केही घटेपनि नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ । चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ बढेको छ । महासंघका अनुसार अघिल्लो दिन तोलाको १५१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५३० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?