+
+

ठाकुरमोहनमाथि कुटपिट गर्ने ३ जनालाई अध्यक्ष लिङ्देनले गरे निलम्बन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १६:२३

४ चैत, काठमाडौं । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि कुटपिटमा संलग्न भएको आरोप लागेका ३ जनालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निलम्बन गरेका छन् ।

२७ फागुनमा पार्टी कार्यालय धुम्बाराहीमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको समयमा कार्यालय हाताभित्र श्रेष्ठमाथि कुटपिट भएको थियो ।

घटनाको आवश्यक छानबिन गरी केन्द्रीय अनुशासन समितिले सिफारिस गरेपछि अध्यक्ष लिङ्देनले पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं- ४ का क्षेत्रीय अध्यक्ष रिद्धिप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई ४ वर्षका लागि निलम्बन गरेका राप्रपा स्रोतले जानकारी दिएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिमा उपाध्यक्ष बिक्रम पाण्डे र श्रेष्ठबीच विवाद भएको थियो । सोही विवादको विषयलाई लिएर पाण्डेका पीएसमेत रहेका सहायक महामन्त्री बलायरसमेतले श्रेष्ठमाथि कुटपिट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?