+
+

५ दिनको ओरोलोपछि उकालो लाग्यो सुनको भाउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते ११:४७

६ चैत, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । अघिल्लो दिन १ लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

विगत ५ दिनसम्म सुनको मूल्य ओरालो लागेको थियो । यसअघि बिहीबार १ लाख २५ हजार ८ सयमा कारोबार भएको सुन शुक्रबार १ लाख २५ हजार ४ सयमा झरेको थियो । आइतबार १ लाख २५ हजार, सोमबार १ लाख २४ हजार ५ सयमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १५२० रुपैयाँमा कारोबार भएको चाँदी आज १५२५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?