+
+

सांसद छिरिङको प्रधानमन्त्रीलाई प्रश्नः हुम्लामा सडक र विद्युत् कहिले पुग्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १४:०९

६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले हिमाली क्षेत्रको विकासमा सरकारको ध्यान नपुगेको भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा माग लिंदै सांसद छिरिङले हुम्लामा राष्ट्रिय सडक सञ्जाल र राष्ट्रिय प्रसारण लाइन नजोडिनु बिडम्वना भएको बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई सोधे, ‘हुम्ला सडक र विद्युतसँग कहिले जोडिन्छ ?’

कर्णाली करिडोर अन्तर्गतको खुलालु–सलिसल्लाको बहुवर्षे ठेक्कामा पहिलेका अर्थमन्त्रीले सहमति नदिएको सांसद छिरिङले बताए । नयाँ अर्थमन्त्रीले सहमति दिनुहुन्छ की हुँदैन भन्दै उनले थप प्रश्न गरे । ‘मृत्युमार्ग’को रुपमा परिचित कर्णाली करिडोलाई जीवनमार्गमा कहिले बदल्ने भन्ने पनि उनको प्रश्न थियो ।

अबको बजेटमा हिमाली जिल्ला हुम्लालगायत दुर्गम क्षेत्रलाई समान बजेट वितरण गर्न पनि उनले माग गरेका छन् ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले हुम्ला जिल्लाको सदरमुकाम सिमकोटलाई चालु आर्थिक वर्षभित्रै राष्ट्रिय सडक सञ्जालसँग जोडिने गरी काम भइरहेको बताए । कर्णाली करिडोरको सुधारको काम पनि भइरहेको उनको भनाइ छ ।

खुलालु–सलिसल्ला खण्डको सुधारका लागि बहुवर्षे ठेक्का आह्वान गरिने प्रधानमन्त्री प्रचण्डले बताए । साथै आगामी आर्थिक वर्षको बजेटमा कर्णाली करिडोलाई उच्च प्राथमिकतामा राखिने बताए ।

हिमाली क्षेत्रमा विद्युत् विस्तारको कामसमेत भइरहेको प्रधानमन्त्रीले बताए । हुम्लालगायत हिमाली क्षेत्रको समग्र विकासका लागि सरकार गम्भीर रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?