+
+

राजेश हमालले सिकाए योग पोज (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १७:४४

काठमाडौं । अभिनेता राजेश हमाल उमेरले ६० वर्ष टेकिसकेका छन् । यो उमेरमा पनि उनी फिटनेस–कन्सस छन् । नियमित जिम जान्छन् र योगाभ्यास गर्छन् । खानपिन तालिका पनि सोहीअनुसार छ ।

सामाजिक सञ्जालमा पनि शारीरिक सुगठनदेखि कसरतसम्मका फोटो पोस्ट गर्छन् । उनको फिटनेस शैलीलाई लिएर फ्यानले पनि प्रतिक्रिया दिने गरेका छन् । यो उमेरमा पनि स्वास्थ्यप्रति सचेत हमालको बानी धेरैका लागि अनुकरणीय छ ।

पछिल्लो साता हमाल ‘अपांगता भएका व्यक्तिका लागि आयोजित ह्विलचेयर म्याराथन’मा अतिथि बनेर पुगेका थिए । त्यहाँ उनले अपांगता जीवन बाँचिरहेका व्यक्तिलाई हौसला दिने प्रयास गरे । सोही कार्यक्रममा ओलम्पियन दीपक विष्ट पनि पुगेका थिए ।

विष्टले आफूअघि उभिएका हमालको फिटनेसलाई लिएर प्रशंसा गरे । हमालले ठाउँको ठाउँ योग गरेर विष्टलाई देखाए । उनले आफूले नियमित गर्ने योगको शैली त्यहाँ देखाएका थिए ।

जे होस्, ६० वर्षको उमेरमा पनि हमाल आफूलाई १६ वर्षको ठिटो ठान्छन् । उनले यो कुरा धेरैपटक भन्ने पनि गरेका छन् । कतिपयले माया गरेर उनलाई ‘महानायक’ पनि भन्छन् । हमालको स्वास्थ्य दैनिकीबाट सिक्ने सकिने कुरा धेरै छन् । जसलाई उनी नियमित रुपमा पछ्याइरहेका छन् ।

अन्य तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?