+
+

वर्षाले बिथोल्यो काठमाडौंको दिनचर्या (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८० चैत ७ गते १२:५८

७ चैत, काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका कारण काठमाडौंमा वर्षा भएको छ । काठमाडौंमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

यस्तो अवस्था भोलिसम्म रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रभाव पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम छ ।

वर्षाका कारण कामकाजमा हिँड्नुपर्नेहरु समस्यामा परेका छन् । पैदल हिँड्नुपर्ने, साइकल तथा मोटरसाइकल चलाउनेहरु वर्षाका कारण प्रभावित भएका छन् ।

क्याम्पस जाने र फर्किने क्रममा कतिपय छात्रछात्राहरु पानीमा रुझ्दै र साथीको छातामा ओत लागेर हिँडिरहेका थिए । साइकलमा सामान बोक्ने, फुटपाथमा ब्यापार गर्ने, ट्राफिक प्रहरीहरु पानी पर्दा पनि आफ्नो काममै जुटिरहेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार काठमाडौंमा आज र भोलि पनि छिटपुट वर्षा हुने सम्भावना छ ।

उनले गण्डकीदेखि पश्चिमको भूभागमा भने तुलनात्मक रुपमा कम बदली हुने बताए । बदली पनि पहाडी क्षेत्रमा बढी र तराई क्षेत्रमा कम छ । बदली र वर्षा भएका स्थानमा जाडो महसुस पनि भइरहेको छ ।

हेर्नुहोस् तस्वीरहरू :

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?