+
+
फ्राइडे रिलिज :

दुई कमेडी फिल्म ‘महाजात्रा’ र ‘मड्गाउँ एक्सप्रेस’ हलमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते ११:५७

काठमाडौं । शुक्रबारदेखि हलमा दुई नयाँ फिल्म रिलिज भएका छन् । जसमा नेपाली फिल्म ‘महाजात्रा’ र हिन्दी ‘मड्गाउँ एक्सप्रेस’ छन् । यी दुवै फिल्म कमेडी जनरामा आधारित छन् ।

‘महाजात्रा’ सन् २०१६ को फिल्म ‘जात्रा’को तेस्रो श्रृंखला हो । अघिल्ला श्रृंखलाजस्तै यो फिल्म पनि अकस्मात् आइलागेको धनलाई लुकाउन तीन पात्रले गर्ने संघर्ष र त्यसको परिस्थितिको कथामा आधारित छ । हाँसो र संवेदना मिश्रण गरिएको यो फिल्मले राजनीति र भ्रष्टाचारको ‘नेक्सस’विरुद्ध कटाक्ष गर्छ ।

फिल्ममा विपिन कार्की, रवीन्द्र झा र रविन्द्रसिंह बानियाँको शीर्ष भूमिका छ । आफूहरुलाई दिइएको जोखिमपूर्ण कामलाई यी पात्रले फत्ते गर्छन् या गर्दैनन् ? पैसा कमाउने र परिवारलाई सुखी बनाउने सपना देखेका यी मध्यमवर्गीय पात्रले कसरी कथालाई अघि बढाउँछन्, यसलाई रोचक ढंगबाट पेश गरिएको छ ।

फिल्ममा हरिवंश आचार्यसहितका अन्य कलाकार पनि छन् । फिल्ममा हरिवंशलाई भ्रष्ट नेताको भूमिकामा चित्रण गरिएको छ । प्रदीप भट्टराई निर्देशित यो फिल्मलाई षट्कोण आर्ट्सले निर्माण गरेको हो ।

शुक्रबारै नेपालमा भारतको कमेडी–ड्रामा ‘मड्गाउँ एक्सप्रेस’ पनि रिलिज भएको छ । दिव्यन्दु शर्मा, उपेन्द्र लिमाय र नोरा फतेहीको शीर्ष भूमिका रहेको फिल्मलाई कुनाल केम्मुले निर्देशन गरेका हुन् ।

बाल्यकालदेखिका तीन साथी गोवा घुम्न निस्किएको यात्रामा आइलाग्ने परिस्थिति यसको कथावस्तु हो । यो फिल्मको लम्बाइ १४५ मिनेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?