+
+

समाजवादी मोर्चामा एमालेलाई ल्याउनेबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १४:०८
फाइल तस्वीर

९ चैत, काठमाडौं । माओवादी केन्द्रसहितको चार दलीय समाजवादी मोर्चाले नेकपा एमालेलाई पनि सहभागी गराउने बारेमा छलफल गरेको छ ।

सत्ता समीकरण फेरिएसँगै शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले एमालेलाई पनि समेट्नेबारे छलफल गरेको हो ।

मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवका अनुसार शुक्रबार बसेको बैठकले अन्य दलसँग पनि छलफल गरेर कार्यक्रम ल्याउने बताए ।

‘मोर्चालाई अन्य दललाई पनि कसरी समेट्ने भनेर छलफल भयो । मसाल मोर्चामा आउन सहमत भइसकेको छ । हामीले एमालेसँग पनि छलफल गरिरहेका छौँ’, विप्लवको भनाइ छ, ‘एमालेसँग मोर्चाका शीर्ष नेताहरूले कुरा गर्ने भन्ने भएको छ ।’

यसअघि बिहीबार विप्लव र उनको पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका थिए ।

ओलीसँगको भेटमा मोर्चामा सहभागी हुने विषयमा सकरात्मक कुराकानी भएको र त्यस बारेमा आफूले बैठकमा समेत जानकारी गराएको विप्लवको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?