+
+

सशस्त्र प्रहरी प्रधान कार्यालयमा कानूनी सहायता कक्ष स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १४:५०

९ चैत, काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा कानूनी सहायता कक्ष स्थापना गरिएको छ ।

बहालवाला, अवकाश प्राप्त कर्मचारी र तिनमा आश्रित परिवार तथा अमर सशस्त्र प्रहरीका परिवारका कानूनी समस्या समाधानका लागि कक्ष स्थापना गरिएको हो ।

२३औं सशस्त्र प्रहरी दिवस, २०८० को अवसरमा कानून महाशाखामा रहने गरी कक्ष स्थापना गरिएको छ ।

न्यून आय भएका तथा न्यायको पहुँचमा पुग्न नसकेकाहरूलाई सहयोग पुर्‍याउन कक्षको स्थापना गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । ‘यसले लक्षित समूहलाई कानूनी समस्याको सम्बन्धमा आवश्यक परामर्श दिनुको साथै समस्या समाधान गर्न सहयोग पुर्‍याउने छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?