+
+

थाइल्याण्डमा अलपत्र १३ नेपालीको उद्धार गरी नेपाल ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १९:२१

९ चैत, काठमाडौं । थाइल्याण्डमा अलपत्र बनेका १३ नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासले १३ जनाको उद्धार गरी नेपाल फिर्ता गरेको जनाएको छ ।

थाइल्याण्ड र म्यानमार सीमा नजिक म्यानमारको म्याबड्डीमा लामो समयदेखि समस्यामा परेका १३ जनाको उद्धार गरिएको हो ।

थाई परराष्ट्र मन्त्रालय, थाई इमिग्रेसन ब्यूरो र नेपाली दूतावास यांगोनको समन्वयमा उद्धार गरी नेपाल फिर्ता गरिएको थाइल्याण्डस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

उद्धार गरिएका १३ नेपाली नागरिकलाई आज शुक्रबार थाइल्याण्डको मेइसोटसम्म कर्मचारी खटाइ थाई–म्यानमार सीमा पार गराइएको थियो ।

त्यसपछि थाइल्याण्डको मेइसोटतर्फ ल्याई त्यहाँबाट हवाई यात्रा मार्फत बैंकक हुँदै नेपाल एअरलाइन्सको उडान नम्बर आरए ४०२ मार्फत काठमाडौं पठाइएको दूतावासले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?