+
+

एमालेले ऐन महरलाई फेरि बनायो केन्द्रीय सदस्य

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ११ गते १५:००

११ चैत, काठमाडौं । नेकपा एमालेले ऐन महरलाई फेरि केन्द्रीय सदस्य मनोनित गरेको छ ।  आइतबार बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

उनले निष्ठा र इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएकाले केन्द्रीय सदस्य मनोनित गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसअघि ३ फागुनमा बसेको एमालेको सचिवालय बैठकले महरलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । यौन विचलनमा परेको अडियो सार्वजनिक भएपछि सचिवालय बैठकले महरलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?