+
+

कानुनमन्त्री गिरीले भने– कानुनी साक्षरता गाउँ–गाउँमा पुर्‍याउनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते ७:५४

१२ चैत, पर्वत । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कानुनी साक्षरता गाउँ–गाउँमा लैजानुपर्ने बताएका छन् । कानुनी व्यवस्थाबारे जानकारी नपाउँदा धेरैले दुःख पाएको भन्दै उनले यसबारे गाउँ–गाउँमा पुगेर जानकारी दिनुपर्ने बताएका हुन् ।

आफ्नो निर्वाचन क्षेत्र रहेको पर्वतको पैयुँ गाउँपालिकाका बासिन्दासँग भेटघाटमा व्यस्त मन्त्री गिरीले आइतबार हुवास बजारमा आयोजित कार्यक्रममा सो धारणा राखेका हुन् ।

कतिपय कानुन संशोधन गर्न समेत जरुरी रहेको उल्लेख गर्दै मन्त्री गिरीले देश संघीयतामा गए पनि अझै नयाँ कानुनहरु बन्न नसक्दा देश विकासको गति नै रोकिएको उल्लेख गरे । उनले बदलिँदो परिवेश अनुसारका कानुनहरु अझै बन्न नसक्दा राज्य सञ्चालनमा समस्या परिरहेको समेत बताए ।

सदनमा पेश भएका कतिपय विधेयकहरु राजनैतिक अस्थिरताका कारण सदनबाट पास हुन नसकिरहेको भन्दै गिरीले देशमा स्थिर सरकारको आवश्यकता औंल्याए ।

मन्त्री पदमा रहँदा वा नरहँदा पनि आफ्नो निर्वाचन क्षेत्रमा पटक–पटक पुग्ने गरेका एमालेका नेतासमेत रहेका गिरीले पछिल्लो पटक पैयुँ र विहादी गाउँपालिकाका विभिन्न ठाउँका बासिन्दासँग भेटघाट गरेका छन् ।

ती भेटघाटमा मन्त्री गिरीले संघीय निजामती ऐन र शिक्षा ऐन छिट्टै जारी हुने बताए । कानुन निर्माणमा सरकारलाई प्रतिपक्ष दल लगायत सबैले सहयोग गर्नुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?