
काठमाडौं । होलीपर्वको अवसरमा सामाखुसीस्थित सिटी स्क्वायर मलले विशेष कार्यक्रम आयोजना गरेको छ । ‘होली उत्सव’ नाममा आइतबार भएको कार्यक्रममा उत्सव ब्यान्ड, गायिका एन्जिला रेग्मी र एसके डान्स ग्रुपले प्रस्तुति दिएका थिए ।
होली विशेष कार्यक्रममा उत्सव ब्यान्डले आफ्ना आठ गीतमा सांगीतिक प्रस्तुति दियो भने एन्जिलाले सात वटा गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरिन् । एसके डान्स ग्रुपले आकर्षक नृत्य प्रदर्शन गरेको थियो ।
रंगहरुको पर्वमा सांगीतिक माहोल बनाएर ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्ने कोसिस गरेको मलका व्यवस्थापक सनम कार्कीले बताए । ‘होलीको अवसरमा मलमा व्यवसायीले १५ देखि ३० प्रतिशतको छुटको व्यवस्था गरेका छौं । होली उत्सवमा तीन हजार भन्दा बढी सहभागी हुनुभयो, खुसी छौं,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4