+
+

सरुवा भएका डीएसपीलाई आईजीको निर्देशन : आन्तरिक शुद्धीकरण नीतिलाई आत्मसात् गर्दै काम गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते १७:३१

१२ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरले संगठनले आन्तरिक शुद्धीकरणको नीति लिएकाले राम्रोसँग काम गर्न हालै सरुवा भएका प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुलाई निर्देशन दिएका छन् ।

कार्यक्षेत्रमा खटिनुअघि आईजी कुँवरले प्रहरी प्रधान कार्यालयमा बोलाएर उनीहरुलाई निर्देशन दिँदै संगठनले लिएको नीति अनुरूप आन्तरिक शुद्धीकरणलाई आत्मसात् गर्दै तोकिएको जिम्मेवारी उत्कृष्ट ढंगले पुरा गर्न कटिवद्ध हुनुपर्ने बताए ।

आईजी कुँवरले व्यक्तिगत स्वार्थ भन्दा पनि नागरिकलाई केन्द्रमा राखेर नागरिकको विश्‍वास जित्ने गरी कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै आ-आफ्नो कार्यक्षेत्रमा सामूहिक भावनाका साथ प्राप्त जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

राजस्व चुहावट नियन्त्रण तथा तस्करी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न उनले निर्देशन दिए । लागूऔषध नियन्त्रण तथा रोकथाम, फरार अपराधी पक्राउ, जघन्य अपराधको साथै विभिन्न आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन तथा त्यस्ता गतिविधि विरूद्ध सचेतना अभिवृद्धि गर्न क्रियाशील हुनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?