+
+

रञ्जु दाहालको यात्रा निबन्ध ‘डोहोडोहो डोल्पो’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते १९:३८

लेखक रञ्जु दाहालको नयाँ कृति ‘डोहोडोहो डोल्पो’ सार्वजनिक भएको छ । शुक्रबार बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा लेखक दाहालको यात्रा निबन्ध ‘डोहोडोहो डोल्पो’ सार्वजनिक भएको हो ।

समालोचकद्वय राजकुमार बानियाँ, ज्ञानु अधिकारी, गजलकार बाबु त्रिपाठी, साहित्यकार भुवनहरि सिग्देल, भुँडीपुराण प्रकाशनका केशवप्रसाद पराजुली, लेखक रञ्जु दाहाल र पति विजयकुमार उपाध्यायले संयुक्त रूपमा विमोचन गरेका थिए ।

भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्लाका रूपमा परिचित डोल्पाको १० दिने यात्रापछि लेखिएको यात्रा निबन्ध हो- डोहोडोहो डोल्पो । यसमा १० वटा यात्रा निबन्ध संग्रहित छन् । यात्रा गरेर लेख्न रुचाउने रञ्जुले डोल्पालाई खुल्ला विश्वविद्यालयका रूपमा चित्रित गरेकी छिन् । यस यात्रा निबन्धमा डोल्पाको सौन्दर्यसँगै भौगोलिक विकटता, अभाव, दुर्गम क्षेत्रका कठिनाइ र जटिलता जस्ता विविध पक्षहरु पढ्न सकिन्छ ।

गजलकार बाबु त्रिपाठीले सहजीकरण गरेको विमोचन कार्यक्रममा टिप्पणीकार राजकुमार बानियाँ, समालोचक ज्ञानु अधिकारी र साहित्यकार भुवनहरि सिग्देलले लेखन, यात्रा र साहित्यबारे विमर्श गरेका थिए । कवि सुदेश सत्यालले ‘डोहोडोहो डोल्पो’ भित्रका कविता वाचन गरेर सुनाएका थिए । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको १५९ पेजको ‘डोहोडोहो डोल्पो’ को मूल्य २९० रुपैयाँ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?