+
+
Shares

रास्वपाको चुनावी बाचापत्र सार्वजनिक

रास्वपाले आफ्नो वाचापत्रमा मध्यम वर्गलाई महत्व दिएको दाबी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १४:५६

७ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘बाचापत्र’ सार्वजनिक गरेको छ । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभामाझ रास्वपाले चुनावी वाचापत्र सार्वजनिक गरेको हो ।

चुनावी सभाकै बीचमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह(बालेन), उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेसहितका नेताहरूले संयुक्त रूपमा रास्वपाको चुनावी वाचापत्र सार्वजनिक गरे । रास्वपाले आफ्नो वाचापत्रमा मध्यम वर्गलाई महत्व दिएको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?