News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले सरकार बने वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने घोषणा गरेको छ।
- सभापति गगन थापाले व्यक्तिगत आयकर अधिकतम २५ प्रतिशत र संस्थागत कर २० प्रतिशतमा झार्ने योजना सुनाए।
- कांग्रेसले तीन महिनाभित्र नीतिगत सुधारमा काम गर्ने प्रतिबद्धता जनाएको छ।
७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो सरकार बने वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने घोषणा गरेको छ ।
कांग्रेस सभापति गगन थापाले आफ्नो पार्टीको कार्यक्रम ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ नामक खुला बहसमा यस्तो घोषणा गरेका हुन् ।
नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने भाषणले मात्र लगानी आउने नभई नीतिगत सुधार आवश्यक रहेको उनले बताए । यसका लागि १० लाखसम्मको आम्दानीमा कर नलगाइने घोषणा उनले गरे ।
व्यक्तिगत आयकरको सीमा सबैभन्दा धेरै रहेको देशमा नेपाल पर्छ । अहिले ३९ प्रतिशतसम्म रहेको व्यक्तिगत आयकरलाई अधिकतम २५ प्रतिशतमा झार्ने घोषणा थापाले गरे ।
संस्थागत सीमा २० प्रतिशतमा झार्ने उनले बताए । अन्य करका दर समेत सरलीकृत गर्दै सबैलाई मूल्य अभिवृद्धि कर (भ्याट) मा समाहित गर्ने योजना रहेको उनले सुनाए ।
नेपालमा निजी क्षेत्र भन्नाले केही अनुहार मात्र हेरेर व्यवहार गर्ने प्रवृत्ति रहेको भन्दै यसलाई चिर्नुपर्ने उनको भनाइ छ । भृकुटीमण्डपको चिया पसलदेखि हातहातमा क्यामरा–मोबाइल लिएका युट्युबरहरू समेत निजी क्षेत्रको एक हिस्सा रहेको उनले बताए । कांग्रेसले आफ्नो सरकार बनेको तीन महिना भित्रै नीतिगत सुधारमा काम गर्ने प्रतिबद्धता सभापति थापाले दोहोर्याए ।
प्रतिक्रिया 4