+
+
Shares

कांग्रेसको सरकार प्रवासमा पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा

‘संसारभरी छरिएका रहेका नेपालको भावना, ज्ञान, सिप र पुँजी मातृृभूमिको पुनर्जागरणमा जोडिनेछ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १३:५९

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अब बन्ने कांग्रेस नेतृत्वको सरकार स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको बराबर अभिभावकत्व दिने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार प्रतिज्ञापत्रमाथिको प्रश्नोत्तर कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् ।

‘हाम्रो राज्य प्रवासमा रहेर पौरख खर्चिरहेका नेपालीहरूको पनि अभिभावक हुनेछ,’ सभापति थापाले भने, ‘संसारभरी छरिएका रहेका नेपालको भावना, ज्ञान, सिप र पुँजी मातृृभूमिको पुनर्जागरणमा जोडिनेछ ।’

आफूलाई डायस्पोरामा रहेका नेपालीले कांग्रेसको धारणा सोधिरहेको बताउँदै सभापति थापाले अबको कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर बस्ने नेपालीहरूका लागि पनि बराबरको अभिभावक हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?