+
+
Shares

स्वर्णिमको दाबी- रास्वपाले वाचापत्रमा मध्यम वर्गलाई केन्द्रमा राखेको छ

मध्यमवर्ग भोगिरहेका समस्याको समाधानका लागि वाचापत्रमा यथेष्ट योजना समेटिएको उपसभापति वाग्लेले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १४:४६

७ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाको वाचापत्रमा मध्यम वर्गलाई केन्द्रमा राखेको दाबी गरेका छन् । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वाचापत्र सार्वजनिक कार्यक्रममा बोल्दै वाग्ले यस्तो बताएका हुन् ।

लोकतन्त्र सुरक्षित हुनका लागि मध्यम वर्गको आकार ठुलो हुनुपर्ने भयो । मध्यम वर्ग सुरक्षित हुनुपर्ने भयो । र, मध्यम वर्ग भविष्यप्रति आशावादी हुनुपर्ने भयो,’ वाग्लेले भने, ‘यसैले त्यही मध्यम वर्गलाई केन्द्रमा राखेर वाचापत्र ल्याएको छ ।’

सुशासन बलियो जगमा मध्यमवर्गको विस्तार, रोजगारीको सिर्जना, गुणस्तरीय पूर्वाधार, विदेशमा रहेका नेपालीका मुद्दालाई ग्रहण गरेको उनले बताए ।

यसबाहेक मध्यमवर्ग भोगिरहेका समस्याको समाधानका लागि वाचापत्रमा यथेष्ट योजना समेटिएको उपसभापति वाग्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?