+
+

आर्टिफिसियल इन्टेलिजेन्स : आवाजबाट कसरी हुन्छ ठगी ? बच्ने कसरी ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १६:१३

काठमाडौं । प्रविधिको दुनियाँमा तीव्र ढंगले भैरहेको परिवर्तनका बीच मानिसहरुलाई हरेक कुरा तथा हरेक व्यक्तिमाथि भरोसा नगर्ने सल्लाह दिइन्छ ।

आर्टिफिसियल इन्टेलिजेन्सका माध्यमबाट कुनैपनि व्यक्तिको आवाज बनाएर ठूलो आर्थिक ठगी हुने गरेको पाइएको छ। डरलाग्दो त के छ भने यो प्रक्रियामा कुनैपनि खालको सबूत छाडिएको हुँदैन।

यस्तोमा अनुसन्धान हुन पनि गाह्रो हुन्छ भने लुटिएको रकम फिर्ता ल्याउने त टाढाको कुरा बन्दछ । यस्तो परिस्थितमा अब अपरिचित नम्बरबाट आएको फोनकल समेत उठाउन डरमर्दो भएको छ ।

सोँच बदल्ने आवश्यकता

साइबर सुरक्षा क्षेत्रका विज्ञहरुका अनुसार यस्ता चुनौतिहरुको सामना गर्नका लागि सोँचमा बदलाव ल्याउनु आवश्यक छ ।

विज्ञ भन्छन्, ‘यो नयाँ संसारमा तपाई हरेक व्यक्ति व्यक्ति तथा हरेक चिजमा विश्वास गर्न सक्नुहुन्न । तपाईले आफैलाई एकजना यस्तो व्यक्तिका रुपमा ढाल्नुपर्नेछ जसले हरेक चिजमा शंका गरोस् । अर्थात् सबै चिज वा सबै व्यक्तिमा भरोसा नगर्नुस् । वास्तवमा तपाईले सोँचमा पपिरवर्तन ल्याउनु आवश्यक छ।’

साइबर सुरक्षा

भारतको मध्यप्रदेशमा एउटा घटना सार्वजनिक भएको छ जसमा एकजना व्यक्तिलाई फोन गरेर आर्थिक ठगी गरियो । फोन गर्ने व्यक्तिले फोन उठाउने व्यक्तिलाई उनको किशोर छोराले कुनै केटीमाथि बलात्कार गरेको र उक्त घटना सामसुम पार्नका लागि पचास हजार रुपैयाँ दिनुपर्ने बतायो।

फोन गर्ने व्यक्तिले कथित बलात्कारमा परेकी छोरीको रोएको आवाज पनि सुनाइदियो ।

त्यसपछि त के चाहियो छोरालाई अपराधको अभियोगबाट जोगाउनका लागि पिताचाहीँले तत्कालै ५० हजार रुपैयाँ ट्रान्सफर गरिदिए। तर पछिमात्रै उनलाई आफ्नो छोराले त्यस्तो कुनै अपराध नगरेको र आफुमाथि फर्जी फोन गरेर ठगिएको थाहा भयो।

यो घटना ठगीका ती घटनाहरुसँग मेल खान्छ जसमा ठगी गर्नेले कुनै व्यक्तिको आवाज दुरुस्तै नक्कल गरेर उसका साथीलाई फोन गर्दछ र आफु एक अन्जान देशमा फसेको भन्दै उद्दारका लागि पैसा माग्दछ।

यस्तो खालका ठगीहरु अशिक्षित मानिसहरुसँगै शिक्षित मानिसहरुमाथि पनि भईरहेको छ।

एआईको सहयोगमा आवाज बनाउन कति सहज ?

इन्टरनेटको दुनियाँमा यस्ता कैयन् टूलहरु उपलब्ध छन् जसले जोकोहीको आवाजको नमूना लिएर उसको आवाज तथा बोल्ने ढाँचासँगै डीपफेक भिडियो बनाउन सक्दछ । त्यसलाई पत्ता पनि लगाउन सकिँदैन ।

कसैको फोनकल रेकर्ड गरेर एउटा फर्जी कल तयार पार्नका लागि पर्याप्त डेटा तयार पार्न सकिन्छ । कतिपय एल्गोरिदमलाई यस्तो बिउ डेटा अर्थात् केही सक्कली आवाजको आवश्यकता पर्दछ ।

यस्तोमा भिडियो कल वा अडियो कल गरेर बिउ डेटा प्राप्त गर्न सकिन्छ । यो निकै सजिलो विधि हो । कोहीपनि मानिस एक अनजान व्यक्तिबाट आएको फोनमा कुराकानी गर्न सक्दछ । त्यस्तो कुराकानीका क्रममा ठगी गर्नका लागि उसको आवाज रेकर्ड गरेर बिउ डेटाको रुपमा प्रयोग गर्न सकिन्छ।

विज्ञका अनुसार यस्ता ठगहरुका लागि सोसल मिडिया एक खजाना जस्तै हो जहाँबाट उनीहरुले भिडियोसँगै तस्वीर समेत कपी गर्न सक्दछन् । साइबर अपराधीहरुको ध्यान धेरैजसो बच्चाहरुको सोसल मिडिया अकाउन्टमा हुन्छ, जहाँबाट उनीहरुले धेरैभन्दा धेरै जानकारी हासिल गर्न सक्दछन् ।

अहिले डिपफेक बनाउनका लागि प्रविधि उपलब्ध छ । तर, उसको सामना गर्नका लागि भने प्रविधि छैन ।

विज्ञका अनुसार यो एक प्रकारको जागरुकताको मुद्दा हो । मानिसहरु आत्तिएर हतासमा प्रतिक्रिया दिन्छन् । तर व्यापक स्तरमा जागरुकता अभियान चलाएर मात्र यो समस्याको समाधान गर्न सकिन्छ । यस्तोमा बैंकिङ क्षेत्रले प्रविधिको सहयोगबाट पीडितहरुको जानकारी सुरक्षित राख्नु पर्दछ।

विज्ञ भन्छन्, ‘कुनैपनि व्यक्ति यस्तो ठगीको सिकार हुँदा अनलाइन भुक्तानी गर्दछन् । त्यो आधिकारिक भुक्तानी हुने भएकाले बैंकले त्यसमा ध्यान दिँदैनन् जबसम्म त्यस्तो भुक्तानी राशि खातावालले गर्ने सामान्य कारोबार भन्दा असामान्य रुपमा अधिक हुँदैन । जब ठगीमा परेपछि व्यक्तिले त्यसबारेमा बैंकमा उजुरी गर्दछ त्यसबेला पैसा जम्मा भएको बैंकमा सम्पर्क गर्न सकिन्छ । तर बैंकिङ प्रणालीमा यस्तो सूचना आदानप्रदानको स्वचालित व्यवस्था छैन।’

फोन वा मेसेजमार्फत् ठगिनबाट बँच्नका लागि के गर्ने ? के नगर्ने ?

फोनमा कल भेरिफिकेसन एप इन्स्टल गर्नुहोस्

  • अन्जान नम्बरबाट आउने फोन कल नउठाउनुस् । त्यसरी फोन गर्नेलाई मेसेज वा ह्वाट्सएप गर्न भन्नुहोस् ।
  • कुनै व्यक्तिले यदि फोनमा तपाई चिनाजानी भएको छ भन्छ भने उसलाई त्यसबेला कुन रंगको कपडा मैल लगाएको थिएँ भनेर सोध्नुहोस् ।
  • कमन सेन्सको प्रयोग गर्नुहोस् । कुनै अज्ञात नम्बरबाट आएको फोनमा कत्तिपनि भरोसा नगर्नुहोस् ।
  • आफ्नो फोनमा एन्टी भाइरस एप राख्नुहोस् । यसले कुनै फेक लिंकको पहिचान गर्नमा तपाईलाई सहयोग गर्दछ।
  • फेक लिंक, भिडियो वा टेक्स्टलाई नखोल्नुहोस् किनकि यस्तो सामाग्रीको माध्यमबाट मालवेयर पठाइएको हुनसक्छ।
  • सोसल मिडियामा आफू तथा आफ्नो बच्चाको तस्वीर तथा भिडियोहरु शेयर गर्दा सावधानी अपनाउनुहोस् । बीबीसीबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?