+

शरीरबाट पसिना किन निस्किन्छ ?

२०८० चैत  १३ गते १६:१४ २०८० चैत १३ गते १६:१४
शरीरबाट पसिना किन निस्किन्छ ?

सामान्यतया पसिना आउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । पसिनाबाट शरीरमा रहेको फोहोर (विषाक्त पदार्थ) बाहिर निस्कन्छ । शरीरमा पसिना ग्रन्थीको संख्या लगभग ३० लाख हुन्छ ।

शरीरको केही भागमा पसिना बढी आउँछ । जस्तै- हत्केला, निधार, खुट्टा, काखी आदि भागमा पसिना ग्रन्थीहरू धेरै मात्रामा हुन्छन् । हाम्रो शरीरको तापक्रम घटेर पसिना आउँछ । यही कारण हो, जगिङ गर्दा, कुस्तीमा जाँदा, कडा परिश्रम गर्दा वा धेरै गर्मी हुँदा पसिना आउन थाल्छ । तनावपूर्ण अवस्थामा पनि हाम्रो शरीरको तापक्रम बढ्छ र पसिना आउँछ ।

तनावपूर्ण अवस्थामा पसिना किन आउँछ ?

जब हामी नर्भस हुन्छौं तनाव हार्मोन सक्रिय हुन्छ । जसकारण शरीरको तापक्रम र मुटुको धड्कन बढ्छ । त्यसपछि मस्तिष्कमा रहेको हाइपोथ्यालेमसले पसिना ग्रन्थीहरूलाई सन्देश दिन्छ- शरीरलाई चिसो बनाउन थोरै पसिना आउन आवश्यक छ ।

तनावपूर्ण अवस्थाबाट कसरी बच्ने भनेर चिन्ता गरियो भने समस्या अझै बढ्छ । श्वासप्रश्वास र रक्त प्रवाह पनि बढ्छ र जसले गर्दा धेरै पसिना आउँछ । धेरै पसिना आउने समस्याबाट बच्नका लागि यी उपाय अपनाउन सकिन्छ ।

आराम र ध्यान

यदि मुटुको धड्कन बढेको छ भने आराम गर्नुपर्छ । आफ्नो श्वासप्रश्वासमा ध्यान दिनुपर्छ । गहिरो सास लिने (५-६ सेकेन्ड) होल्ड गर्ने र छोड्ने । यसले दिमाग शान्त र तनाव कम गर्छ साथै पसिना आउन पनि कम हुन्छ ।

नियमित व्यायाम गर्ने

नियमित व्यायाम गर्ने मानिसलाई तनाव कम हुन्छ र आत्मविश्वास बढ्छ । जति आत्मविश्वास बढ्छ त्यति नै तनावपूर्ण परिस्थितिको सामना गर्न सक्षम भइन्छ र तनावपूर्ण अवस्थामा कम पसिना आउँछ ।

शरीरमा पानीको मात्रा कायम राख्ने

शरीरको तापक्रम घटाउन, अधिक पानी पिउनुपर्छ । ताकि शरीरले पसिनाको रूपमा छालाको माध्यमबाट अतिरिक्त गर्मी बाहिर निकाल्छ ।

डिओडोरेन्टको प्रयोग गर्ने

डिओडोरेन्टमा पसिना रोक्न क्षमता हुन्छ । यदि तनाव वा चिन्ताले पसिना आउने समस्या छ भने धेरै पसिना आउने ठाउँमा डिओडोरेन्ट लगाएर यसलाई रोक्न सकिन्छ ।

गाढा रङको लुगा नलगाउने

गर्मी मौसममा हल्का रङको लुगा लगाउनुपर्छ । गाढा रङका लुगाले बढी तातो शोषण गर्छ, गर्मी महसुस गराउँछ र पसिना आउँछ ।  यो मौसममा सुती कपडा लगाउनु राम्रो हुन्छ । सुती कपडाले पसिना सोस्छ ।

धेरै चिया कफी नपिउने

धेरै चिया र कफी पिउने मानिसलाई पसिना पनि धेरै आउँछ । तातो पेय पदार्थले शरीरको तापक्रम बढाउँछ ।  त्यसैले गर्मी मौसममा चिसो पेय पदार्थहरू जस्तै दही, दही लस्सी, फ्रुट जुस आदि पिउनुपर्छ ।

एजेन्सी सहयोगबाट

पसिना शरीर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय