+
+

सुदूरपश्चिममा नयाँ शैक्षिक सत्रका लागि किताब वितरण सुरू

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १९:१३

१३ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ शैक्षिक सत्रका लागि किताब वितरण सुरू गरिएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले मंगलबारदेखि किताबको वितरण सुरू गरेको हो ।

केन्द्रका प्रमुख रामबहादुर कुँवरले हिमाली जिल्ला बाजुराबाट पुस्तकको वितरण थालिएको जानकारी दिए । उनका अनुसार कार्यतालिका बनाएर केन्द्रमा सूचीकृत भएका व्यवसायीमार्फत सम्बन्धित जिल्लामा पुस्तक बिक्री, वितरण गरिने छ ।

प्रदेशका ९ जिल्लामा १९ लाख १५ हजार १८५ थान पुस्तक बिक्री, वितरण गर्ने लक्ष्य राखिएको कुँवरले बताए । जसमा सबैभन्दा धेरै कैलालीमा ६ लाख १४ हजार थान पुस्तक वितरण गरिने छ ।

कञ्चनपुरमा २ लाख ८९ हजार १५७, बैतडीमा १ लाख ७८ हजार ३६०, बझाङमा १ लाख ७७ हजार २१५, अछाममा १ लाख ६५ हजार ८३१, डोटीमा १ लाख ३७ हजार ६९२, बाजुरामा १ लाख २७ हजार ८०६, दार्चुलामा १ लाख २१ हजार र डडेल्धुरामा १ लाख ३ हजार ३१० थान पुस्तक वितरण गर्ने लक्ष्य कार्यालयले राखेको छ ।

विगतका वर्षमा समयमै पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित हुने गरेको भए पनि यो वर्ष त्यस्तो अवस्था नआउने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?