+
+

६ उपसचिवको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते २०:२३

१४ चैत, काठमाडौं । सरकारले ६ जना उपसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय र निकायमा उपसचिवहरूको हेरफेर गरेको हो ।

स्रोतकाअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी उपसचिव आरती न्यौपानेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव मोहन निरौलालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । गृह मन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव सरोकुमार पोखरेल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेका छन् ।

कैलालीको भजनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रहेका लक्ष्मणबहादुर कठायतलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ल्याइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव कृष्णबहादुर खड्काले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा जिम्मेवारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?