 
																			१५ चैत, काठमाडौं । प्रशासनतर्फको विशिष्ट श्रेणीको रिक्त सचिव पदमा डा. हरिप्रसाद लम्साल बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षाका ‘क्याडर’का रुपमा चिनिएका लम्साललाई सचिवमा बढुवा गरेको हो ।
बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस भएको थियो । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी अध्यक्ष रहेको सचिव बढुवा सिफारिस समितिले सहसचिवहरु डा. हरिप्रसाद लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौड्यालको नाम सिफारिस गरेको थियो ।
तीन जनामध्येबाट १ नम्बरमा सिफारिस भएका लम्साललाई सचिवमा बढुवा गरिएको हो । उनी २३ कात्तिकयता सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा कायममुकायम प्रमुख सचिवका रुपमा कार्यरत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4