+
+

उत्तरपुस्तिका हराएपछि त्रिविले १ वर्षपछि पुनः परीक्षा लिंदै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते २०:११

१५ चैत, काठमाडौं । दुईवटा विषयको उत्तरपुस्तिका हराएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एक वर्षपछि पुनः परीक्षा लिने भएको छ ।

स्नातक तह पहिलो वर्षको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य, कोड नं ४२२ र शिक्षा संकायअन्तर्गत शिक्षाको आधार कोड नं ४१२ विषयको पुनः परीक्षा हुने भएको हो ।

यी दुई विषयको पुनः परीक्षा २१ चैतमा हुने विश्वविद्यालयले जनाएको छ । यी विषयको परीक्षा गत वैशाखमा भएको थियो ।

उत्तरपुस्तिका हराएको विषय छानबिनका लागि त्रिविले पूर्व रजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले विस्तृत छानबिन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?