+
+

त्रिविमा रेक्टर र रजिष्ट्रार नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते १७:४०

३० चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् ।

त्रिविका उपकुलपति प्रा. डा. केशरजंग बरालले प्रधानमन्त्रीसमक्ष यी नाम सिफारिस गरेका थिए । त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपति (प्रधानमन्त्री)ले नियुक्ति गर्नुपर्ने व्यवस्था छ ।

रजिष्ट्रारमा नियुक्त रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् भने प्रा. केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा छन् ।

त्रिविका उपकुलपति बरालले ६ चैतमा सूचना जारी गर्दै रजिष्ट्रार र रेक्टरका लागि इच्छुक प्राध्यापकहरूले सात दिनभित्र बायोडाटा बुझाउन अनुरोध गरेका थिए ।  त्यसपछि आएका निवेदनमध्येबाट बरालले केसी र रिजालको नाम प्रधानमन्त्री समक्ष नियुक्तिका लागि सिफारिस गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्तिमा लामो समय लगाए । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले आफ्ना दल निकटका प्राध्यापकलाई नियुक्ति दिन बराललाई दबाब दिएका थिए । तर उपकुलपति बरालले टिम आफूले बनाउनुपर्ने अडान नछोडेपछि प्रधानमन्त्रीले केसी र रिजाललाई नियुक्ति दिएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?