+
+

पाकिस्तानले बाबर आजमको कप्तानीमा टी-२० विश्वकप खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १२:२१

१८ चैत, काठमाडौं । पाकिस्तानले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप बाबर आजमको कप्तानीमा खेल्ने भएको छ ।

गत अक्टोबर नोभेम्बरमा भारतमा सम्पन्न एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानको कमजोर प्रदर्शनसँगै बाबरले बोर्डको दबाबमा कप्तानी छोडेका थिए ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष मोहसिन नकिवीले बाबरलाई पुन: टी-२० र ओडीआई टोलीको कप्तानमा नियुक्त गरेको जानकारी दिएका छन् । उनको कप्तानीमा पाकिस्तानले टी-२० विश्वकप खेल्ने पक्का भएको छ ।

त्यसपछि पाकिस्तानका तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीले टी-२० र शन मसुदले टेस्टको कप्तानी पारेका थिए । गत जनवरीमा अफ्रिदीको कप्तानीमा पाकिस्तानले न्युजिल्यान्डसँगको पाँच टी-२० आई सिरिज ४-१ ले गुमाएको थियो । अफ्रिदीको कप्तानी त्यही एक सिरिजमा सकिने भएको छ ।

वर्तमान समयका विश्व क्रिकेटका एक उत्कृष्ट ब्याटर बाबरले यसअघि टी-२० आईमा ७१ खेलमा कप्तानी गर्दा पाकिस्तानले ४२ मा जित र २३ मा हार व्यहोरेको थियो । ओडीआईमा बाबरले कप्तानी गरेको ४३ खेलमा २६ मा जित र १५ मा हार ब्यहोरेको थियो ।

पाकिस्तानले अब अप्रिल तेस्रो सातादेखि घरेलु मैदानमा न्युजिल्यान्डसँग पाँच टी-२० आई सिरिज खेल्नेछ । त्यसपछि आयरल्यान्ड र इंग्ल्यान्डसँग पनि टी-२० आई सिरिज खेल्ने कार्यक्रम छ ।

पाकिस्तानले २९ खेलाडीको फिटनेश तयारी थालिसकेको छ । उक्त २९ खेलाडीमा पाकिस्तान सुपर लिगमा यस सिजनमा लगातार दुई शतक हान्ने उस्मान खान पनि छन् ।

यूएईबाट खेल्ने तयारी गरेका उनले पिएसएलमा सानदार प्रदर्शनका साथ पाकिस्तानको बन्द प्रशिक्षण टोलीमै परेका छन् । यसअघि सन्न्यासको घोषणा गरेका मोहम्मद आमिर र इमाद वासिम पनि टोलीमा जोडिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?