+
+

‘सिंगल स्क्रिन’ सिनेमा हल जोगाउन १० लाख अनुदान दिन्छौं : भुवन केसी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १६:०२

काठमाडौं । मुलुकमा रहेका दर्जन सिंगल स्क्रिन सिनेमा हलको अस्तित्व जोगाउन चलचित्र विकास बोर्डले अनुदान उपलब्ध गराउने भएको छ । प्रदर्शक संस्था चलचित्र संघको ४९ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै बोर्ड अध्यक्ष भुवन केसीले आगामी बजेटमार्फत यसको पहल सुरु हुने बताए ।

उनका अनुसार एक वर्षसम्म सञ्चालनबापतको खर्च व्यहोर्ने गरी प्रतिहल १०–१० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने तयारी भइरहेको छ । ‘हामीले बोर्डमार्फत मन्त्रालयमा यो प्रस्ताव राखिसकेका छौं । बजेटमार्फत सम्बोधन हुन्छ,’ अध्यक्ष केसीले भने, ‘खर्च अभावमा सिंगल स्क्रिन धमाधम बन्द हुने स्थितिलाई यसले रोक्छ भन्ने विश्वास छ ।’

साउन पहिलो साता कार्यकाल पूरा गर्न लागेका केसीले आफ्नो कार्यकालको महत्वपूर्ण योजनाको रुपमा यसलाई लिएका छन् । चलचित्र संघका नवनिर्वाचित अध्यक्ष नरेन्द्र महर्जनले बोर्ड अध्यक्षको उक्त घोषणा महत्वपूर्ण रहेको बताए ।

‘राज्यले यसतर्फ चासो दिनु स्वागतयोग्य कुरा हो,’ महर्जनले भने । खासगरी कोभिड संकटपछि ४० भन्दा बढी त्यस्ता सिंगल स्क्रिन बन्द भएको चलचित्र संघको तथ्यांक छ । संघका अनुसार अहिले मुलुकमा १४० सिनेमा हल सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?