+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

लक्ष्मी सनराइज बैंकद्वारा लैंगिक समानता र महिला सशक्तीकरण कार्यक्रम सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १९:३४

काठमाडौं । लक्ष्मी सनराइज बैंकले लैंगिक समानता र महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

समावेशीता, समानता र सशक्तिकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोड दिँदै ‘स्पार्क २४ : इम्पावरिङ वुमन इन लिडरसिप-इन्स्पायर इन्क्लुजन’ कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग सदस्य लिली थापा, अन्तराष्ट्रिय मुद्रा कोष आवासीय प्रतिनिधि टेरेसा दबान सान्चेज, एफ वान सफ्ट ग्रुपका पियुष पौड्याल, भायनेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक लगायतका वक्ताहरुले महिला नेतृत्व र सशक्तिकरणको बारेमा आ-आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले बैंकका महिला कर्मचारीहरूको व्यfवसायिक विकास तथा मानसिक एवम् शारिरिक सुस्वास्थ्य सुनिश्चित गर्न बैंक प्रतिबद्ध रहेको बताए ।

पछिल्लो तथ्यांक अनुसार नेपाली बैंकहरूको समग्र महिला कर्मचारी ट्रनओभर रेसियो ७ प्रतिशत रहेकोमा लक्ष्मी सनराइज बैंकको १ प्रतिशतभन्दा कम हुनुले समावेशी र सहयोगी कार्यस्थलको वातावरण सिर्जना गर्ने प्रयास सकारात्मक परिणाम भएको बैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?