+
+

राष्ट्रिय राजमार्गको सीमा निर्धारण गर्न सरकारको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १३:२७

१९ चैत, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य प्रभु साहले राष्ट्रिय राजमार्गको सीमा निर्धारण गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय राजमार्गको सीमा निर्धारणका सन्दर्भमा ख्याल गर्नुपर्ने बताए ।

हाल मुलुकमा बनिरहेका राष्ट्रिय राजमार्ग र तिनको सीमाका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले जवाफ दिनुपर्ने उनको माग छ ।

पहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्गको १२ मिटर चौडाइ गरिएको स्मरण गर्दै उनले भने, ‘जिल्लास्तरका सडकहरु ६ लेनका हुने राष्ट्रिय राजमार्ग दुई लेनका हुने ? हामी के सन्देश दिन खोजिरहेका छौं ?’

राजमार्गको सीमा निर्धारण नगरिनु राज्यको हेलचेक्य्राइँ भएको उनको भनाइ छ । ‘राष्ट्रिय राजमार्गको सीमा किन निर्धारण गरिएको छैन । यसरी राष्ट्रको रकममा हेलचक्याईं गर्न मिल्छ ? यो रकमको दुरुपयोग हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?