+
+

बागमतीका मुख्यमन्त्रीले विश्वासको मत माग्दा राप्रपा तटस्थ बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १७:३१

१९ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत माग्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने भएको छ ।

विश्वासको मत लिने मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलको प्रस्थावमाथि प्रदेशसभामा सोमबार भएको छलफलमा भाग लिँदै राप्रपा संसदीय दलका नेता उद्धव थापाले सबै दलसँग समदुरीमा बस्ने बताएका हुन् ।

‘तटस्थमा बसेर तटस्थ खालकै भूमिका निर्वाह गर्छौं’, आफूहरुलाई धेरै पर नराख्न मुख्यमन्त्रीलाई आग्रह गर्दै उनले भने ।

यसको अर्थ सत्तामा जान खुट्टा उचाल्यो भन्ने नलगाउन समेत थापाले आग्रह गरे । अहिले मुख्यमन्त्री र मन्त्री केही पनि लिन्न भन्ने पार्टी राप्रपा मात्र भएको उनले बताए ।

मुख्यमन्त्री जम्कट्टेलले १६ महिनामै तीन पटक विश्वासकाे मत लिन खाेजिरहेकाे भन्दै नेता थापाले पाँच वर्षमा कति पटक लिनुपर्ने हाे ? भन्दै प्रश्न गरे ।

‘हिजाेसम्म वास्तै नगर्ने अहिले चाहिएपछि कुरा गरिरहन खाेज्ने याे कस्ताे अवस्था हाे यसलाई मनन गर्न जरूरी छ’, थापाले भने । सत्ता भनेकाे लुछाचुँडी रहेछ भन्दै राप्रपाले सत्ता नबुझेकाे उनले बताए । राप्रपालाई मन्त्री, मुख्यमन्त्री नचाहिएकाले सत्ता राजनीतिमा नलागी जनताकाे सुःखदुःखमा गइरहेकाे उनले बताए ।

नेता थापाले आगामी वर्षकाे बजेटमा पक्षपात नगर्न सरकारलाई आग्रह गरे । प्रदेशका ६ वटा दलसँग समान सम्बन्ध राप्रपाले कायम राखेकाे भन्दै आफ्नै जस्ताे साेच्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?