+
+

बेहड्वा थारु होमस्टेले पायो उत्कृष्ट गन्तव्य गाउँको पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १०:०४

१९ चैत, उदयपुर । बेहड्वा थारु होमस्टे गाउँ पर्यटन प्रवर्द्धन पुरस्कार २०८० बाट सम्मानित भएको छ ।

गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालले उत्कृष्ट गन्तव्य गाउँ पुरस्कार उदयपुरको बहेडवा थारू सामुदायिक होम स्टेलाई प्रदान गरेको छ ।

समितले प्रदान गर्दै आएका पुरस्कार यो वर्ष बहेडवा थारु सामुदायिक होम स्टेलाई दिने निर्णय गर्दै आफ्नो मौलिक बाजा तथा संस्कृति सहित पुरस्कार ग्रहणको लागि पत्र गरेका थिए ।

राष्ट्रिय सभाका अध्यक्ष माननीय नारायण दाहालको प्रमुख अतिथि चैत्र १७ गते काठमाडौमा साधारणसभा सम्पना भएको थियो । सोहि सभामा होमस्टेका तर्फबाट प्रभा कुमारी चौधरीको समुह कार्यक्रममा सहभागी भएका थिए ।

चौधरीका अनुसार गाउँ पर्यटन प्रवर्धन मञ्च नेपालका पूर्व अध्यक्ष तथा शिव लामिछानेको नेतृत्वको टोलिले यो वर्षको पुरस्कारको लागी सिफारिस गरेको जनाए ।

पछिल्लो समय बेहड्वा थारु हामे स्टे त्रिनपा १३ उत्कृष्ट गन्तव्य गाउँको रुपमा समेत परिचित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?