+
+

सत्ता गठबन्धनमा कर्णाली सरकारको नेतृत्व एमालेले गर्ने सहमति

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते २०:५३

१९ चैत्र, सुर्खेत । सत्ता गठबन्धनमा रहेका दलहरुबीच कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएको छ ।

सोमबार काठमाडौंमा बसेको एमाले–माओवादीसहित सत्ता गठबन्धनको बैठकले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिने सहमति गरेको माओवादी केन्द्रका कर्णाली इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

मल्लले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टेलिफोन गरेर कर्णालीको नेतृत्व एमालेले लिने सहमति भएको जानकारी गराएको अनलाइनखबरलाई बताए ।

‘कर्णाली सरकारको नेतृत्व एमालेलाई दिने सत्तारुढ गठबन्धन दलहरुबीच केन्द्रमा सहमति जुटेको छ’, उनले भने, ‘सोही अनुसार अध्यक्ष कमरेडले पनि नेतृत्व एमालेलाई छाड्न निर्देशन पनि दिइसक्नुभएको छ ।’

मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए । माओवादी उपमहासचिव जनार्दन शर्माले कर्णालीमा माओवादीकै मुख्यमन्त्रीको निरन्तरता हुनुपर्ने भन्दै पार्टी अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेका थिए ।

यो सहमति अनुसार एमालेले मुख्यमन्त्री पाए एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्नेछन् ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार बनाउन २१ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा माओवादीका १३, एमालेका १० र एकीकृत सामाजवादीका १ सांसद रहेका छन् । त्यस्तै कांग्रेसका १५ र राप्रपाका १ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?