+
+

२ ठेकेदार कम्पनी कालोसूचीमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते ८:१८

२० चैत, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुईवटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।

नरेशप्रसाद ओझा मुख्य व्यक्ति रहेको जुगल बिल्डर्स कम्पनी कोटेश्वर र कान्ति देवी मिश्र मुख्य व्यक्ति रहेको जेएमबीडी इन्टरनेशनल चाबहिललाई कालोसूचीमा राखेको हो ।

जुगल बिल्डर्स तीन वर्षका लागि र जेएमबीडी इन्टरनेशनललाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

कालोसूचीमा परेका कम्पनीले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिदप्रक्रियामा भाग लिन पाउँदैनन् ।

जुगल बिल्डर्सलाई कालोसूचीमा राख्न आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढी र जेएमबीडी इन्टरनेशनललाई कालोसूचीमा राख्न प्रहरी प्रधान कार्यालय नक्शालले सिफारिस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?