+
+

सेयर बजार घट्दा माइक्रोफाइनान्स समूहमा उच्च वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १५:१७

२० चैत, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा १.८५ अंक घटेसँगै नेप्से परिसूचक २०१० मा कायम भएको छ । कुल २ अर्ब २९ करोड रुपैयाँको कारोबार भयो । यसअघि हिजो २ अर्ब ७९ करोडको कारोबार भएको थियो ।

१०९ कम्पनीको मूल्य बढ्दा १२७ को घट्यो भने ८ को स्थिर रह्यो । बजार घट्दा पनि माइक्रोफाइनान्स समूह १.८९ प्रतिशत (७२ अंक) बढ्यो । यस दिन मूल्य उच्च दरमा बढेका कम्पनीमा पनि माइक्रोफाइनान्सहरु अगाडि रहे । माइक्रोफाइनान्सका अलवा व्यापार ८, जीवन बीमा १९ र फाइनान्स समूह ०.७४ अंक बढे । बैंकिङ २, विकास बैंक ६, होटल तथा पर्यटन २९, हाइड्रोपावर १९, उत्पादन २३, निर्जीवन बीमा १८ र अन्य समूह ९ अंक घटे ।

गुराँस लघुवित्त र गणपति लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । उपकारको ८.६, विन नेपालको ६.९ तथा स्वाभिमान लघुवित्तको मूल्य ६.५ प्रतिशत बढ्यो । मनकामना इन्जिनियरिङको ५.२, तारागाउँ रिजेन्सीको ४.९, मायाखोला हाइड्रोपावरको ४.२ तथा चिरख्वा हाइड्रोपावरको ४.१ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, सर्वोत्तम सिमेन्ट, तारागाउँ रिजेन्सी, सुर्याज्योति लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?