+
+

हालै सूचीकृत सर्वोत्तम सिमेन्टले घोषणा गर्‍यो नगद लाभांश

साधारणसभा र बुक क्लोजको मिति तय

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १८:५१

२० चैत, काठमाडौं । हालै आईपीओ जारी गरी दोस्रो बजारमा सूचीकृत भएको सर्वोत्तम सिमेन्टले लगानीकर्ताका लागि नगद लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार साँझ बसेको संचालक समितिको बैठकले चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट करसहित चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कुल ६९ करोड ७५ लाख रुपैयाँ बराबर नगद लाभांश दिइने कम्पनीले जनाएको छ । सो नगद लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपछि लगानीकर्ताले पाउनेछन् ।

साथै कम्पनीले आगामी वैशाख १२ गते रुपन्देही जिल्लामा साधारणसभा बस्ने मिति तय गरेको छ । चैत ३० गते कम्पनीले बुक क्लोज मिति तय गरेको छ । २९ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनुका साथै साधारणसभामा सहभागी हुन सक्नेछन् । त्यस्तै साधारणसभाले संस्थापक समूहबाट ५ संचालक, सर्वसाधारणतर्फबाट १ जना संचालक नियुक्त गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?