+
+

सूर्यज्योति लाइफको लाभांश घोषणा, ३५ प्रतिशत नगद र बोनस सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १३:००

२१ चैत, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

जसमा १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश छ । कुल १ अर्ब ५९ करोड रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरिएको कम्पनीद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ । यो लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयन हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?