+
+

रामजी बराल बने माओवादीको कास्की इन्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १९:४७

२१ चैत, पोखरा । माओवादी केन्द्रीय सदस्य रामजीप्रसाद बरालले कास्की जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् ।

कास्की इन्चार्ज रहेका केन्द्रीय सदस्य राजकाजी गुरुङ अर्थमन्त्री वर्षमान पुनको सचिवालयमा काम गर्ने गरी काठमाडौं गएपछि बरालले जिम्मा पाएका हुन् ।

माओवादीको विभिन्न तहमा काम गर्दै अहिले केन्द्रीय सदस्य बनेका बराल यसअघि कास्की निर्वाचन क्षेत्र ३ को इन्चार्ज थिए ।
गुरुङ काठमाडौं गएपछि रिक्त पदमा बराललाई इन्चार्जको जिम्मेवारी दिइएको माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज दीनानाथ शर्माले जानकारी दिए ।

इन्चार्जको जिम्मेवारी पाएका बरालले कास्कीमा पार्टी सुदृढ बनाउँदै कर्ताकर्तालाई गोलबद्ध बनाउने र गुट उपगुटबाट मुक्त गराउन भूमिका खेल्ने बताए ।

गण्डकी इन्चार्ज शर्मा, सहइन्चार्ज हरि अधिकारी, गण्डकी अध्यक्ष गायत्री गुरुङलगायत केन्द्रीय सदस्यहरुको सिफारिसमा इन्चार्जको जिम्मेवारी दिइएको गण्डकी इन्चार्ज शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?