+
+

पुनः लयमा फर्कियो रेमिट्यान्स, फागुनमा भित्रियो १ खर्ब २२ अर्ब

यस वर्षको माघमा केही सुस्ताएको रेमिट्यान्स फागुनमा पुनः लयमा फर्किएको देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १७:२३

२२ चैत, काठमाडौं । यस वर्षको माघमा केही सुस्ताएको रेमिट्यान्स फागुनमा पुनः लयमा फर्किएको देखिएको छ ।

फागुन २०८० मा १ खर्ब २२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो चालु आर्थिक वर्ष (आव) २०८०/८१ को औसतः मासिक विप्रेषण आप्रवाहको हाराहारी हो । तर, माघमा भने १ खर्ब ६ अर्ब रुपैयाँ मात्र रेमिट्यान्स भित्रिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिना (साउन–फागुन)मा भने कुल ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यस अनुसार यो वर्ष मासिक औसतः १ खर्ब २० अर्ब १५ करोड रुपैयाँ रेमिट्यान्स आएको छ ।

यस वर्ष फागुनसम्म आएको रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशतले धेरै हो । अमेरिकी डलरमा विप्रषण आप्रवाह १८.८ प्रतिशतले बढेर ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो विप्रेषण १४.८ प्रतिशतले बढेको थियो ।

यस वर्ष श्रम स्वीकृति लिने कामदारको संख्या भने केही घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार फागुनसम्म नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ८६ हजार ९३२ रहेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २७८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो संख्या क्रमशः ३ लाख ५१ हजार ७६१ र १ लाख ९२ हजार ५५९ रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?