
काठमाडौं । गायक रूपक डोटेलले नयाँ गीत ‘मेरो माया तिम्रो लागि’ ल्याएका छन् । मणि सुवेदीको शब्द र रुपककै संगीत रहेको गीतलाई साहस शाक्यले एरेन्ज गरेका छन् ।
प्रेमिकाले आफ्नो प्रेम नबुझेको भावको गीतको भिडियोमा प्रेम र बिछोडको पक्ष देखाइएको छ । भिडियोमा रुपक र गरिमा शर्माले अभिनय गरेका छन् ।
निकेश खड्काले निर्देशन गरेको भिडियोमा उत्तम हुमागाईंको छायांकन र विकास धमलाको सम्पादन छ । गीत ‘रुपक डोटेल’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।
रुपकका ‘वनकी चरी’, ‘सानुमाया’, ‘मेरो बोली सुन्दा’, ‘चोखो माया लाकै हो नि’ लगायत गीत चर्चित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4