+
+

अझै सुरू भएन सुदूरपश्चिम प्रदेश सभाको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १७:५९

२२ चैत, धनगढी । मुख्यमन्त्री कमलबहादुर शाहको आग्रहमा २ घण्टा सारिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक अझै सुरू हुन सकेको छैन ।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको थियोे । तर मुख्यमन्त्रीकै आग्रहमा साँझ ५ बजेसम्मका बैठक सारिएको थियोे ।

मुख्यमन्त्री सहित सत्तारूढ दलकै सांसद उपस्थित नभएका कारण बैठक अनिश्चित बनेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

नागरिक उन्मुक्ति पार्टीका २ जना र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशी राजधानी काठमाडौंबाट फर्किएका छैनन् ।

कांग्रेसका १८ सहित नागरिक उनमुक्ति पार्टी (नाउपा)का ७, राप्रपा र स्वतन्त्र सांसदले मत दिए मात्र शाहलाई बहुमत पुग्छ । तर नाउपाको विवादले सांसद नै नआउने भएपछि शाहले विश्वासको मत पाउने सम्भावना देखिंदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?