+
+

उपनिर्वाचनका लागि इलाम र बझाङमा मतदानस्थल तोकियो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते १३:३३

२३ चैत, काठमाडौं। निर्वाचन आयोगले इलाम-२को प्रतिनिधिसभा र बझाङ-१को प्रदेश सभामा हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ ।

आयोगले अनुसार देशभर  १० हजार ८९२ मतदान स्थल तोकेको हो ।

निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम-२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहेका छन् भने बझाङ-१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?