
१९ असोज, काठमाडौं । निर्वाचन आयोगले कात्तिक १७ गतेका लागि तय भएको मनाङ-२ को प्रदेश सभा उपनिर्वाचन स्थगित गरेको छ ।
आयोगको आइतबारको बैठकले उपनिर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । यो क्षेत्रबाट निर्वाचित सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) ज्यान मार्ने कसुरमा दोषी ठहर भएपछि उक्त स्थान रिक्त थियो ।
पछिल्लो बाढीपहिरो लगायतका विपद्का घटनाका कारण निर्वाचन सम्बन्धि कार्य पनि प्रभावित भएकाले तत्कालका लागि मिति स्थगित गर्ने निर्णय भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
प्रतिनिधि सभाकै निर्वाचन घोषणा भइसकेकाले अब त्यो काममा आयोग लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4