+
+

सुनसरीमा दुई समूहबीच झडप, ६ राउण्ड गोली चल्यो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते १३:३२

२३ चैत, विराटनगर । सुनसरीको भुटाहामा दुई समूहबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ ।

हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउण्ड हवाई फायर गरेको हो । प्रहरीले ११ राउण्ड अश्रुग्याँस पनि प्रहार गरेको छ ।

दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक सिग्देलले दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा ६ राउण्ड हवाई फायर गरेको बताए ।

उनका अनुसार दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?