+
+

कांग्रेसले अडान लिएपछि सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगियो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते १५:२४

२६ चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको दलहरुको नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री प्रचण्ड सहित बसेको बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि विना निष्कर्ष टुंगिएको हो ।

कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछाने माथि छानविनको माग गर्दै संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।

कांग्रेसले उठाएको विषयमा छलफलमा कांग्रेसको सकरात्मक जवाफ नआएको नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिए ।

‘राजनीतिक पूर्वाग्रहमा आधारित छानविन समिति बन्न सक्दैन । त्यो जायज छैन । तथ्य र प्रमाणमा आधारित नभएर यो कुरा आएको छ,’ बर्तौलाले भने,‘कांग्रेसलाई पुर्नविचार गरेर आउन भनेका छौं । संसदीय छानविन समिति बन्न सक्दैन ।’

संसदीय छानविन समिति गठन नगरी कतिपय विषय संसदको समितिबाट गर्न सकिने विकल्प रहेको उनले बताए ।

छोटो समय बसेर सकिएको बैठकबाट बाहिरिएका गृहमन्त्री रवि लामिछानेले फेरि बस्ने कुरा भएको बताए । ‘फेरि बस्ने कुरा भएको छ । केही भएको छैन,’ लामिछानेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?