+
+

१ अंकको अन्तरमा ३ टोली, प्रिमियर लिगको उपाधि होड रोचक बन्दै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते १६:२९

२६ चैत, काठमाडौं । प्रिमियर लिगमा उपाधि दाबेदारको रुपमा रहेका तीन टोलीको पछिल्लो खेलको नतिजापछि उपाधि होड रोमाञ्चक बनेको छ ।

शीर्ष तीन टोली १ अंकको दूरीमा छन् । लिभरपुलले आइतबार राति म्यानचेष्टर युनाइटेडसँग २-२ को नाटकीय बराबरी खेलेपछि शीर्ष स्थानमा उक्लने अवसर गुमायो । आर्सनलसँग समान अंक भए पनि गोल अन्तरमा पछि रहेको लिभरपुल दोस्रो स्थानमा छ ।

३१ खेलपछि आर्सनल र लिभरपुलको समान ७१ अंक हुँदा म्यानचेष्टर सिटीको ७० अंक छ । आर्सनलले शनिबार ब्राइटनलाई ३-० र म्यानचेष्टर सिटीले क्रिस्टल प्यालेसलाई ४-२ ले पराजित गरेका थिए ।

शीर्ष तीन टिमको अवस्था र उपाधि होड :

आर्सनल ७१ अंकगोल अन्तर +५१

आर्सनल दुई दशकपछि प्रिमियर लिगको उपाधि जित्ने लक्ष्यमा छ । मिकेल अर्टेटाको टिमले पछिल्लो ११ लिग खेलमध्ये १० खेल जित्दा एक खेल बराबरी गरेको थियो । सिटीविरुद्ध अवे मैदान बराबरीमा खेलेको थियो । आर्सनल गोल अन्तरमा पनि अघि छ ।

एक वर्षअघि आर्सनलको उपाधि होडमा ब्राइटनसँग  ३-० को हारपछि धक्का लागेको थियो ।  यस साता भने आर्सनलले ब्राइटनलाई हराएर उपाधि होड बलियो बनाएको छ ।

यद्यपी १४ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको आर्सनलको शक्ति त्यता पनि खर्च हुन सक्छ ।

आर्सनलले च्याम्पियन्स लिगमा वायर्न म्युनिखसँग खेल्नेछ र त्यसमा विजयी भए सेमिफाइनलमा म्यान सिटी वा रियल मड्रिडमध्ये एकसँग खेल्नुपर्नेछ ।

यस्तै प्रिमियर लिगमा आर्सनलले लण्डन राइभल टोटनहम र म्यानचेष्टर युनाइटेड जस्ता बलिया टिमविरुद्ध अवे मैदानमा खेल्न बाँकी छ ।  यद्यपी आर्सनलसँग उपाधि जित्नका लागि आफूसँग विश्वास गर्नुपर्ने कारण छ । किनभने उसको भविष्य आफ्नै हातमा छ ।

 आर्सनलको बाँकी खेल

एस्टन भिल्ला विरुद्ध घरेलु मैदान

वल्भस विरुद्ध अवे मैदान

चेल्सी विरुद्ध घरेलु मैदान

टोटनहम विरुद्ध अवे मैदान

बर्नमाउथ विरुद्ध घरेलु मैदान

म्यानचेष्टर युनाइटेड विरुद्ध अवे मैदान

एभरटन विरुद्ध घरेलु मैदान

लिभरपुल ७१ अंकगोलअन्तर +४२

एफए कपको क्वाटरफाइनलमा ४-३ ले हारेको तीन सातापछि लिभरपुल ओल्ड ट्राफोर्डमा म्यानचेष्टर युनाइटेडसँग बराबरीमा रोकियो ।

यो बराबरीले फेरि एकपटक लिभरपुलका लागि यो गुमाएको अवसरको रुपमा रह्यो ।

लिभरपुलका लागि यस महिनाको अन्त्यमा अर्को ट्रिकी खेल एभरटनविरुद्ध अवे मैदानमा छ । लिभरपुलले अन्तिम तीन खेलमा च्याम्पियन्स लिगको स्थानका लागि दाबेदारी पेश गरिरहेको टोटनहम र एस्टन भिल्लासँग खेल्नुपर्नेछ ।

 लिभरपुलको बाँकी खेल

क्रिस्टल प्यालेस विरुद्ध घरेलु मैदान

फुलहम विरुद्ध अवे मैदान

एभरटन विरुद्ध अवे मैदान

वेष्टहम विरौध अवे मैदान

टोटनहम विरुद्ध घरेलु मैदान

एस्टन भिल्ला विरुद्ध अवे मैदान

वल्भस विरुद्ध घरेलु मैदान

म्यानचेष्टर सिटी ७० अंक गोलअन्तर +४०

सिटी लगातार चार प्रिमियर लिग जित्ने पहिलो क्लब बन्ने अभियानमा छ । केभिन डे ब्रुएनालाई बुधबारको एस्टन भिल्ला माथि ४-१ को जित अघि बिदा दिइएको थियो । किनभने उनले प्यालेसविरुद्ध  दुई गोल गरे भने गोल खडेरी अन्त्य गर्न एर्लिंग हालान्डलाई असिस्ट पनि गरे ।

पेप ग्वार्डिओलाको टिम च्याम्पियन लिगमा शक्तिशाली रियल मड्रिडको सामना गर्ने चुनौती लिएर बसेको छ । तर रियलसँगको क्वाटरफाइनलको दुई खेलको बीचमा सिटीले लुटनसँग घरेलु मैदानमा खेल्दैछ र त्यो भन्दा राम्रो खेल अर्को हुन सक्दैन ।

प्रिमियर लिगको उपाधि दाबेदाहरु मध्ये सिटीको लागि राम्रो अवस्था छ । तर सिटीका लागि अझै पनि उपाधि जित्न सहज भने छैन ।

सिटीको बाँकी खेल

लुटन विरुद्ध घरेलु मैदान

ब्राइटन विरुद्ध अवे मैदान

नटिङहम फरेस्ट विरुद्ध अवे मैदान

वल्भ्स विरुद्ध घरेलु मैदान

फुलहम विरुद्ध अवे मैदान

वेष्टहम विरुद्ध घरेलु मैदान

टोटनहम विरुद्ध अवे मैदान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?