News Summary
Generated by OK AI. Editorially reviewed.- एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो खेलमा साउदी अरेबियासँग खेल्दैछ।
- नेपालले पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेलेको छ भने साउदी अरेबियाले उत्तर कोरियासँग १५-० ले हार बेहोरेको छ।
- प्रतियोगितामा समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने दुई उत्कृष्ट उपविजेताले पनि छनोट पाउने प्रावधान छ।
२३ साउन, काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ ।
खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे सुरु हुनेछ । यसअघि साँझको समयमा खेलेको नेपालले आज भने दिउँसो खेल्नेछ ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । साउदी अरेबियाले भने उत्तर कोरियासँग १५-० को फराकिलो हार बेहोरेको थियो ।
पहिलो खेलमा बराबरी खेलेपछि नेपाली टोली समूहविजेता बन्ने सम्भावनामा धक्का लागेको छ । बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ ।
प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने २ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ ।
प्रतिक्रिया 4