२७ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा लागुऔषध खैरो हिरोइनसहित तीन युवकलाई पक्राउ गरिएको छ ।
धनगढी उपमहानगरपालिकाको बुद्धचोकबाट सोमबार राति विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी ) कबिन्द्रसिंह बोहराले कैलारी गाउँपालिका-८ का २४ वर्षीय सन्जु चौधरी, जोशीपुर गाउँपालिका-१ का २४ वर्षकै अमरदिप डगौरा र
धनगढी उपमहानगरपालिका-७ बस्ने १७ वर्षका अमीत रानालाई पक्राउ गरिएको जानकारी दिए ।
चालमको बोराभित्र लुकाएको अवस्थामा २ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको बोहराले बताए ।
उनीहरू तिनै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4